दफा १
सूचना तथा सञ्चार प्रविधिमा पहुँच माध्यम तथा विषयवस्तु विकास
११.१.१ सूचना तथा सञ्चार प्रविधि सम्बन्धी सेवाहरू, रेडियो तथा टेलिभिजन प्रसारणको व्यापक पहुँच एवं विस्तार सुनिश्चित गर्न कार्यक्रम तर्जुमा गरी लागु गरिनेछ ।
११.१.२. समुदायमा अवस्थित हुलाक तथा सामुदायिक पुस्तकालयहरुलाई विद्युतीय व्यापार (e‐Commerce), विद्युतीय सरकार (e-Government) तथा इन्टरनेट मा आधारित अन्य सेवा सुविधा प्रदान गर्ने माध्यमको रुपमा विकसित गर्न विशेष कार्यक्रमहरु ल्याईनेछ ।
११.१.३. समुदाय, नागरिक समाज तथा निजी क्षेत्रको समेत सहभागिता सुनिश्चित गर्दै शैक्षिक संस्था, विद्यालय, स्वास्थ्य संस्था, गाउँ विकास समिति तथा सामुदायिक भवनहरुमा समेत इन्टरनेट सहितको आधारभूत सञ्चार सुविधाको उपलब्धता सुनिश्चित गर्न एक राष्ट्रव्यापी कार्यक्रम तर्जुमा गरी लागू गरिनेछ । यस क्रममा स्थानीय निकायको तल्लो तह सम्म इन्टरनेट सेवा सहितका सूचना केन्द्रहरुको बिस्तार गरिने छ ।
११.१.४. सूचना तथा सञ्चार प्रविधिको पहुँच अपर्याप्त रहेका ग्रामीण तथा दुर्गम क्षेत्रहरुमा सो प्रविधि विस्तारको लागि युवा तथा महिलाहरुलाई परिचालित गरिनेछ ।
११.१.५. विकास एवं सार्वजनिक सेवा प्रवाह सम्बन्धी चुनौती सामना गर्न सूचना तथा प्रविधिमा आधारित नवीनतम तथा मौलिक प्रयोग (Innovative Use) प्रवर्द्धन गर्न विशेष कार्यक्रम लागू गरिनेछ ।